भारतीय महिला क्रिकेट टिमले इंग्ल्याण्डसँग यहि बर्ष टेष्ट सिरिज खेल्ने भएको छ । एक खेलको टेष्ट यो बर्षको अन्तिममा हुने बीसीसीआईका सचिव जय शाहले सामाजिक सञ्जालबाट जानकारी दिएका छन ।
बीसीसीआईले चाँडै भारतीय महिला टिमको इंग्ल्याण्ड भ्रमणको तालिका सार्वजनिक गर्ने बताएको छ । त्यसमा टेष्ट सिरिजपनि रहने भनिएको छ ।
भारतले अन्तिम पटक टेष्ट खेल सन् २०१४ को नोभेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध खेलेको थियो । माइसोरमा भएको सो खेलमा भारत विजयी भएको यिो । त्यसपछि महिला क्रिकेटमा तीन वटा टेष्ट खेल भएका छन, जसमा तीनै इंग्ल्याण्ड र अष्ट्रेलियाविच भएका छन ।
भारत र इंग्ल्याण्डविच अन्तिम पटक सन् २०१४ को अगष्टमा खेलको थिए । सो खेल भारतले ६ विकेटले जितेको थियो । अहिलेसम्म इंग्ल्याण्ड र भारतले महिला क्रिकेटमा १३ टेष्ट खेलेका छन । जसमा भारतले दुई जितेको छ भने इंग्ल्याण्डले एक खेल जितेको छ ।