पीएसएलका सबै खेल कराँचीमा खेलाउने पीसीबीकाे तयारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-११-१९
  • |
  • 356 पटक हेरिएको

पाकिस्तान सुपर लिगका खेलाडी र अफिसियलमा कोरोना देखिएपछि आयोजकले बाँकी खेलहरु कराँचीमा नै खेलाउने योजना बनाएको छ ।

यो बर्ष चार वटा मैदानमा पीएसएल खेलाउने योजना थियो । तर पछिल्लो पटक लिगका ३४ खेल कराँचीमा र बाँकी खेल लाहोरमा गर्ने तालिका थियो । तर पछिल्लो पटक चार जनामा कोरोना देखिएपछि अब पीएसएल आयोजकले लाहोरमा गएर खेलाउनु भन्दा सबै खेल कराँचीमा नै गर्नुपर्ने योजना बनाएको छ ।

तर यो योजनाको लाहोर कलन्दर्सले विरोध गरेको छ । उसले लाहोरमा क्रिकेट समर्थकका लागि यो घात हुने बताएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले सबै ६ वटा टिमसँग छलफल गरेर अब सबै टिमलाई बायो बबलमा राख्नुपर्ने र कडा नियमको पालना गर्नुपर्ने जानकारी गरेको छ । पीसीबीले प्रतियोगिता सुरक्षित रुपमा ताकेकै मितीमा सम्पन्न हुने तर त्यसका लागि निकै सावधानी अपनाउनुपर्ने बताएको छ ।

बायोबबलका साथै सबै टिमका खेलाडीलाई सातामा एक पटक कोरोना परिक्षण गरिने गरेको थियो । तर अब चार दिनमा एक पटक परिक्षण गरिने भएकोछ ।

एक शहरबाट अर्काे शहरमा जाँदा जाेखिम बढि हुने भएकाले पनि पीसीबीले सबै खेल कराँचीमा नै गर्ने याेजना बनाएकाे छ । उसकाे याे याेजनालाई लाहाेर बाहेकका टिमले समर्थन पनि गरेका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey