पछिल्लो पटक यूरोपियन क्लव फुटबलमा चर्चित नाम इरलिङ हालान्डलाई अनुबन्ध गर्नका लागि सबै लिगका शिर्ष क्लवहरु इच्छुक रहेका छन ।
बुन्डेसलिगा र च्याम्पियन्स लिगमा उनको प्रदर्शनले गर्दा ठूला क्लवको चासो हालान्डमा लाग्नु खासै आश्चार्यजनक भने होइन । तरपछि हालान्डलाई भित्र्याउनका लागि चेल्सी, म्यानचेस्टर युनाइटेडसँगै अरु १० क्लव निकै इच्छुक देखिएका छन ।
जर्मनीको एक सञ्चारमाध्यमले जनाए अनुसार हालान्डलाई भित्र्याउनका लागि रियाल मड्रिड, लिभरपुल, म्यानचेस्टर युनाइटेड, चेल्सी, बार्सिलोना, पेरिस सेन्ट जर्मेन, युभेन्टस, इन्टर मिलान, बार्यन म्युनिख, म्यानचेस्टर सिटीसमेत इच्छुक रहेको बताइएको छ ।
बार्यनसँग सन् २०२४ सम्मको सम्झौता रहेका हालान्डले डर्टमुण्ड छोडेको खण्डमा एक सय मिलियन युरो रिलिज क्लव तोकिएको छ । जुन सन् २०२२ पछिको रहेको छ ।
२० बर्षे हालान्ड साल्सबर्गबाट डर्टमुण्डमा आएपछि उनको चर्चा फुटबल बजारमा निकै उचाईमा पुगेको छ । उनले यो जिनमा कुल २७ गोल गरेका छन ।
हालान्डको चर्चा र उनलाई कुन क्लवले भित्र्याउन सक्छ भन्ने कौतुहल अझैपनि बाँकी रहेको छ । यूरोपका चार वटै शिर्ष डिभिजनका क्लवले देखाएको इच्छाले उनको डिमान्ड झन बढेको छ ।