पारा जुडोमा संस्कार र इनुशालाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२२
  • |
  • 471 पटक हेरिएको

संस्कार श्रेष्ठ र इनुशा आचार्यले पारा तथा विशेष खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडोमा शनिबार स्वर्ण जितेका छन् । बहिरातर्फ २०–२५ केजी तौलसमूहको पुरुषमा संस्कार र महिलामा इनुशाले स्वर्ण जितेका हुन् ।

बहिरातर्फ नै महिला ३०–३५ केजीमा अञ्जली तामाङ, ३५–४० केजीमा निताकुमारी यादव, ४०–४५ केजीमा आरती शाह, ४५–५० केजीमा विपना पुन, ५०–५५ केजीमा सुष्मा थापा र ५५ केजीमाथि प्रेरणा विकले स्वर्ण जिते । पुरुष ५० केजीमा क्षितिज ठगुन्ना र ५५ केजीमा ऋषिमणि शर्मा पहिलो स्थान हात पारे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको दृष्टिविहीनतर्फ पुरुष १९–२५ केजीमा सार्थक तामाङ, २६–३२ केजीमा जीवन जैशी, ४०–४५ केजीमा अभिकराज वज्राचार्य र ६०–६५ केजीमा गिल्याक ग्याल्सनले पहिलो स्थान हात पारे ।

विजेतालाई राखेपकी सदस्य अञ्जना श्रेष्ठ, नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष रमेश महर्जन, वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा पेरिस ओलम्पिक– २०२४ को जुडोमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी मनीता श्रेष्ठ प्रधानलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको व्यवस्थापनमा भएको प्रतियोगिताको बहिरातर्फ ३४ खेलाडीले १० स्वर्ण तथा दृष्टिविहीनतर्फ १८ खेलाडीले ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal