अन्तिम खेलमा पाकिस्तान विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०३
  • |
  • 292 पटक हेरिएको

टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले समूह चरणको अन्तिम खेलमा जित निकालेको छ । सुपर आठमा पुग्न नसकेको पाकिस्तानले आयरल्याण्डर्ला ७ विकेटले पराजित गरेको हो । 

खेल फ्लोरिडाको लाउडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्षेत्रीय पार्क स्टेडियम टर्फ मैदानमा भएको थियो । यो अमेरिकाको भूमिमा सन् २०२४ को टी–२० विश्वकपको अन्तिम खेल थियो । अमेरिका र भारतसँग पाकिस्तानले हार बेहोरेको थियो । क्यानडापछि उसले अब आयरल्याण्डलाई हराए पनि यो जितले अंक तालिकामा कुनै असर गर्न सकेन । समूह ए मा पाकिस्तान ४ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । अर्कोतर्फ आयरल्याण्डको टोली भारत, क्यानडा र पाकिस्तानसँग पराजित भएको छ । ४ खेलमा १ अंक जोडेर पुछारको पाँचौं स्थानमा रह्यो ।  

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । आयरल्याण्डको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । त्यसका लागि ग्यारेथ डेलानीले सर्वाधिक ३१ रन बनाए । अन्त्यमा जोस लिटलले २२ रनको नटआउट पारि खेल्दा मार्क एडिरले १५ रन जोडेका थिए । पाकिस्तानका शाहेनसाह अफ्रिदी र इमाद वसिमले तीन तीन विकेट लिँदा मोहम्द आमिरले दुई विकेट हात पारे ।

जवाफी लक्ष्यसहित मैदान उत्रिएको पाकिस्तनका कप्तान बाबर आजमले ३४ बलमा अविजित ३२ रन बनाएर टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । मोहम्मद रिजवान, साम अयुब र अब्बास अफ्रिदीले १७–१७ रन बनाए । शाहिन अफ्रिदीले ५ बलमा २ छक्का प्रहार गर्दै अविजित १३ रन बनाएर खेल जिताए । आयरल्याण्डका बेरी म्याकार्थीले सर्वाधिक ३ विकेट लिँदा कर्टिस कामफरले २ विकेट लिएका थिए । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey