बंगलादेशले दियो १०७ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०३
  • |
  • 299 पटक हेरिएको

आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशबाट नेपालले १०७ रनको लक्ष्य पाएको छ । बंगलादे १९.३ ओभरमा १०६ रनमा समेटिएको हो । 

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बंगलादेशलाई ब्याटिङका लागि निम्ता दिएका थिए । कप्तान पौडेलको निर्णयलाई नेपाली बलरले भने सही सावित गरे । 

पहिलो खेबलमा सोमपाल कामीले तनजिद हसनलाई पभेलियन पठाउँदै नेपाललाई उत्कृष्ट सुरुआत गराए ।

७ रन हुँदा नेपालले दोस्रो सफलता हात पारेको थियो । दोस्रो सफलता दीपेन्द्र सिंह ऐरीले दिलाएका थिए । बंगलादेशका कप्तान नजमुल होसेन सान्टो ४ रन बनाएर पभेलियन फर्किए । 

टिमको स्कोर २१ रन हुँदा तेस्रो विकेट गुमेको थियो । तेस्रो सफलता नेपालका सोमपालले दिलाए । उनले लिटन दासलाई १० रन बनाएका बेला विकेटकिपर आशिफ शेखमार्फत आउट गरेका हुन् ।

३० रन पुग्दा बंगलादेशले चौथो विकेट गुमाउन पुग्यो । उसका तोहिद हेरिडो ९ रनको पारि खेल्दा नेपाली कप्तान रोहित पौडेलले आउट गरे । 

५२ रन हुँदा नेपालले पाँचौं सफलता रनआउट मार्फत गरेको थियो । मोहमदुल्लाहलाई नेपालका गुल्सन झा र सन्दीप लामिछानेले रनआउट गरेका थिए । उनी १३ रन बनाएर आउट भए । एक छेउँमा टिकेका अलराउन्डर साकिव अल हसनलाई कप्तन रोहित पौडेलले एलबीडव्ल्यूको धरापमा पारे । साकिवले १७ रन बनाउँदा २ चौका प्रहार गरे । साकिव नै बंगलादेशका लागि आज सर्वाधिक रन बनाउने खेलाडी बने ।

६९ रन हुँदा नेपालले सातौं सफलता हात पारेको थियो । सातौं विकेटको रुपमा तन्जिम हसन ३ रनमै पभेलियन फर्किए । उनलाई सन्दीप लामिछानले बोल्ड आउट गरेका थिए । यो सन्दीपको टी–२० करियरको ९९ औं विकेट थियो ।

१५.३ ओभरमा ७५ रन हुँदा बंगलादेशले आठौं विकेट गुमाउन पुग्यो । नेपाललाई आठौं सफलता सन्दीपले दिलाउँदै टी–२० करियरको १०० औं विकेट पूरा गरे । सन्दीपले ५४ खेलमा १०० विकेट पूरा गर्दा जाकर अलिलाई आउट गरे । जाकरले १२ रन बनाएका थिए । 

८८ रन हुँदा रिसाद हुुसेन ७ बलमा १३ रन बनाएर आउट भए । उनले मात्रै नेपाली बलरविरुद्ध एक छक्का प्रहार गरे । अन्तिम विकेटको रुपमा मुस्तफिजुर रहमान १९.३ ओभरमा ३ रन बनाएर रन आउट भए । उनलाई रोहित र दीपेन्द्रले रन आउट गरेपछि बंगलादेशको पारि १०६ रनमा समेटियो । 

नेपालका सोमपाल कामील्े ३ ओभरमा १० रन खर्चिएर २ विकेट लिए । यसैगरी दीपेन्द्रसिंह ऐरीले ३.३ ओभरमा २ विकेट लिँदा रोहित पौडेलले ४ ओभरमा २० रन दिएरु २ विकेट हात पारे । सन्दीपले ४ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १७ रन खर्चिदै २ विकेट हात पारे । दक्षिण अफ्रिकाविरुद्ध ४ विकेट लिएका कुशल भुर्तेले आजको स्पेलमा २२ रन खर्चिए पनि विकेटविहीन बने ।

अविनाश बोहोराले १ ओभरमा १० रन खर्चिए ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey