टी२० आईमा सन्दीपको १०० विकेट पूरा
![](https://neplays.com/img/posts/Sandeep- 23.jpg)
-
नेप्लेज
- |
- २०८१-०३-०३
- |
- 304 पटक हेरिएको
काठमाडौं । सन्दीप लामिछानेले टी-२० आईमा कीर्तिमानी १ सय विकेट पूरा गरेका छन्।
सन्दीपले ५४ टी-२० आई खेलमा १ सय विकेट पूरा गरेका हुन्। सन्दीपले बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै टी२० आईमा १ सय विकेट पूरा गर्ने गरेका हुन्। अफगानिस्तानका राशिद खानले २०२१ मा ५३ खेलमा यो कीर्तिमान बनाएका थिए।
सन्दीप एसोसिएट क्रिकेटमा भने सबैभन्दा कम खेलमा १ सय विकेट पूरा गर्ने क्रिकेटर बनेका छन्। एसोसिएटबाट यस अघि बिलाल खानले मात्र १ सय विकेट पूरा गरेका छन्। बिलालले ७२ खेलमा १ सय विकेट पूरा गरेका थिए।
सन्दीपले २०१८ को मे मा टी-२० आई डेब्यु गरेका थिए। सन्दीपले बंगलादेशका जाकर अलिको विकेट लिदै आफ्नो १ सयौं विकेट पूरा गरेका हुन्।