वर्षाका कारण भारत र क्यानडाले अंक बाँडे

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०१
  • |
  • 443 पटक हेरिएको

आइसीसी टी-२० विश्वकप क्रिकेटमा भारत र क्यानडाबीचको खेल रद्द भएको छ । फ्लोरिडाको लाउडरहिलमा तय भएको प्रतियोगिता वर्षाका कारण रद्द भएको हो ।  अम्पायरहरूले दुई पटक निरीक्षण गरेपछि खेल रद्द गर्ने निर्णय गरेका हुन् ।

वर्षाका कारण यस मैदानमा लगातार तेस्रो खेल हुन सकेन । फ्लोरिडामा वर्षाका कारण आज पनि खेलको टस हुन सकेन । फ्लोरिडामा पछिल्लो एक सातादेखि भारी वर्षा भइरहेको छ । टी–२० विश्वकपको इतिहासमा भारतको दोस्रो खेल रद्द भएको छ । २००७ मा, भारत-स्कटल्याण्ड खेल पनि टस पछि रद्द भएको थियो।

भारत समूह ए बाट सुपर एटमा पुगिसकेको छ । जसले गर्दा आजको नतिजाले कुनै पनि प्रभाव पार्दैन । यही समूहबाट अमेरिकाले पनि अन्तिम ८ मा स्थान पक्का गर्दा पाकिस्तान, क्यानडा र आयरल्याण्ड बाहिरिएका छन् । यही मैदानमा आइतबार पाकिस्तान र आयरल्याण्डले समूह चरणको अन्तिम खेल खेल्ने छन् ।

खेलकुद मन्त्री बिराजभक्तले गरे वाचा पूरा, पुरस्कार खेलाडीको खातामा

भारतले सुपर एटमा वेस्टइन्डिजको सेन्ट लुसियामा जुन २० तारिखमा अफगानिस्तानसँग खेल्ने छ । 

यस टी–२० विश्वकपमा अहिलेसम्म ४ खेल वर्षाका कारण अनिर्णित भएका छन्, जसमध्ये ३ खेल फ्लोरिडामा रद्द भएका छन् । लाउडरहिलको अवस्था : यस मैदानमा भएको लगातार तेस्रो खेल वर्षाका कारण रद्द भएको छ । यही मैदानमा १२ जुनमा नेपाल–श्रीलंका र १४ जुनमा अमेरिका–आयरल्यान्डको खेल पनि रद्द भएको थियो । ब्रिजटाउनमा भने एक खेल रद्द गरिएको छ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey