हंगेरीमाथि स्वीट्जरल्यान्डको सहज जित
![](https://neplays.com/img/posts/SWZ.jpg)
-
नेप्लेज
- |
- २०८१-०३-०१
- |
- 398 पटक हेरिएको
काठमाडौं । १७औँ संस्करणको युइएफए युरोकप २०२४ मा स्वीट्जरल्यान्डले विजयी सुरुआत गरेको छ।
जर्मनीको रेन एनर्जी स्टेडियनमा सम्पन्न खेलमा स्वीट्जरल्यान्डले हंगेरीमाथि ३–१ गोलको सहज जित हासिल गरेको हो।
स्वीट्जरल्यान्डको जितमा क्वाड्वो दुआ, मिशेल एबिशर र ब्रेल एम्बोलोले समान एक/एक गोल गरे। यता, हंगेरीका लागि बर्नाबास वर्गाले गरेको एक गोल सान्त्वना बन्यो।
पहिलो हाफमा दुई शून्य गोलको अग्रता बनाएको स्वीट्जरल्यान्डले दोस्रो हाफमा एक गोल गर्दा एक गोल ब्यहोरेको थियो।
जितसँगै स्वीट्जरल्यान्डले तीन अंक जोड्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
समूह ए मा रहेको आयोजक जर्मनीले गएराति सम्पन्न खेलमा स्कटल्यान्डलाई ५–१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको छ।