बैतडीमा टी-१० भेट्रान क्रिकेट : आयोजक सेमिफाइनलमा प्रवेश 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०१
  • |
  • 476 पटक हेरिएको

बैतडीमा जारी टी-१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगितामा आयोजक टिम  निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी सेमिफाइनल प्रवेश गरेको छ। 

आज सम्पन्न सुपर-८ को पहिलो खेलमा कैलपाल क्रिकेट क्लबमाथि १०९ रनको सानदार जित दर्ता गर्दै आयोजक सेमिफाइनलमा सुरक्षित भएको हो। 

आयोजकले दिएको १९३ रनको लक्ष्य पछ्याएको कैलपाल ९।४ ओभरमा ८३ रनमा अलआउट भयो। उसका विनोद पाण्डेले १८ तथा पिताम्बर जोशीले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न नसक्दा कैलपाल बाहिरिएको छ।

आयोजकका लागि  ईश्वर पन्तले ३,यज्ञराज भट्टले २,विनोद विष्ट र दीपक बोहराले १र१ विकेट हात पारे। यसअघि निङलाशैनी खेलमैदान देहिमाडौंमा टस हारेर ब्याटिङको निम्ता पाएको आयोजकले निर्धारित १० ओभरमा ४ विकेटको क्षतिमा १९२ रन बनायो। 

जसमा दीपक बोहराले अर्धशतक हिर्काए। म्यान अफ द म्याच समेत भएका दीपक ८९ रनमा अविजित रहेका स्कोरर भास्कर बोहराले जानकारी दिनुभयो। 

कैलपालका विनोद पाण्डेले २ विकेट लिए।  निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयोजनामा सुरू भएको प्रतियोगितामा ११ टोलीको सहभागीता रहको र ४ समूहमा विभाजन गरि खेल सञ्चालन भइरहेका  आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले बताउनुभयो ।

प्रतियोगिताको विजेता र उपविजेता टोलीले खसी,ट्रफी र प्रमाणपत्र पाउने आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका सचिव रोशन बोहराले बताउनुभयो।

सहभागी टोलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका छन्।  

२५ देखि ३० वर्षका दुई खेलाडीमध्ये १  खेलाडीलाई  अनिवार्य रूपमा इम्प्याक्ट खेलाडीका रूपमा मैदान उतार्नुपर्ने प्रतियोगिताका सहसंरक्षक चक्र बोहराले बताउनुभयो ।

प्रतियोगिताले बैतडीमा क्रिकेट विकास हुने आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको विश्वास रहेको छ। 

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey