कैलाली यू-१६ अन्तर स्कुल क्रिकेट: सेमिफाइनल पुग्ने सबै टोलीको टुङ्गो  

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-०८
  • |
  • 279 पटक हेरिएको

धनगढीमा जारी कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ मा सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको छ।

आज लिटिल फ्लावर स्कुल र स्टेपिङ स्टोन इङ्लिस स्कुल बोर्डिङ स्कुल सेमिफाइनल पुगेसँगै अन्तिम चारमा पुग्ने सबै टोलीको टुङ्गो लागेको हो। 

ऐश्वर्या विद्या निकेतन(एभीएन) र मणिलेक  ईन्टरनेशनल स्कुल यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्। 

पहिलो सेमिफाइनलमा मणिलेक  ईन्टरनेशनल स्कुल र लिटिल फ्लावर स्कुल तथा दोस्रोमा ऐश्वर्या विद्या निकेतन(एभीएन) र स्टेपिङ स्टोन इङ्लिस स्कुल बोर्डिङ स्कुल भिड्नेछन् ।

सेमिफाइनलका खेलहरू बिहीबार हुने स्कोरर नुरेन अन्सारीले जानकारी दिए ।

कैलाली जिल्ला  क्रिकेट सङ्घको आयोजनामा वैशाख ३० गतेदेखि सुरु भएको प्रतियोगिता जेठ १२ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग मिल्ने कैलाली जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विक्रम विष्टले बताए ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey