जयकुमार नाथ शाह यु-१६ छात्र क्रिकेट बुधबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१७
  • |
  • 213 पटक हेरिएको

काठमाडौं जिल्ला क्रिकेट संघले जयकुमार नाथ शाह यु–१६ छात्र क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । १६ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने खेलहरु मूलपानीको तल्लो र माथिल्लो मैदानमा आयाोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले जानकारी दिए ।

नेपाली क्रिकेटलाई ग्रासरुटदेखि नै विकास गर्ने लक्ष्य राख्दै यु–१६ यु–१९ र राष्ट्रीय टीमको लागि समेत उत्कृष्ट खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने उद्देश्य राखेर बुधबारदेखि आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी लगभग पूरा भएको सचिव किरण शमसेर जवराले बताए । 

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा रेडियन्ट रिडर्स एकेडेमी, संस्कृति इन्टरनेसनल स्कूल, सैनिक आवासीय महाविद्यालय र त्रियोग हाइ स्कुल रहेका छन् । 

समूह ‘बी’ मा ग्यालेक्सी पब्लिक स्कुल, गेटवे एकेडमी, आलोक विद्याश्रम स्कुल र डिएभी स्कुल रहेका छन् ।

समूह ‘सी’ मा केएमसी स्कुल, जेम्स स्कुल, अपी स्कुल र एन्जल हर्ट्स एकेडेमी रकुल रहेका छन् ।

समूह ‘डी’ मा रत्नराज्य स्कुल, मोक्षदा स्कुल, नेक्शस इन्टरनेसल एकेडेमी र एलआरआई स्कुल रहेका छन् ।

प्रतियोगिताको विजेता टिमलाई १ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ। उपविजेतालाई ७५ हजार रुपैयाँ प्रदान गरिने काठमाडौं जिल्ला अध्यक्ष जानकारी दिए । 

उत्कृष्ट व्याटर, वलर र इमर्जिङ खेलाडीलाई ५–५ हजार पुरस्कार प्रदान गरिनेछ भने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ र उपहार प्रदान गरीने पनि जनाइएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा जयकुमार नाथ शाहको परिवार रहेको छ भने सहप्रायोजक आयुष इन्टरनेसनल ओभरसिज सर्भिज रहेको छ । प्रतियोगिताका सहयोगीमा फ्रान्कलिन एजुकेसन कन्सल्टेन्सी (प्लेयर अफ दि म्याच र प्लेयर अफ दि टुनमिन्टको प्रायोजक), पठाओ, टिम–११, सर्कल टेक प्रालि (डिजिटल पार्टनर), कान्तिपुर होलिडेज प्रालि, राष्ट्रिय वाणिज्य बैंक, एन्डिज मोर्डन फुड, द पेभिलियन स्टोर, नेक्सस एजुकेसन कन्सल्टेन्सी, कृषि विकास बैंक, नेपमेड्स प्रालि (हेल्थ पार्टनर), नेवा वेभरेज प्रालि (वेभरेज पार्टनर) रहेको सचिव जवराले बताए ।

प्रतियोगिताको लागि अनुमानित खर्च १५ लाख २६ हजार ५ सय हुने गरिएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey