राखेपबाट ओलम्पिक तयारीका लागि प्रिन्सलाई खेल सामाग्री प्रदान

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-०२
  • |
  • 403 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टनका प्रिन्स दाहाललाई बुधबार खेल सामाग्री प्रदान गरेको छ ।

राखेपका सदस्य-सचिव टंकलाल घिसिङले ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको उपस्थितिमा प्रिन्सलाई खेल सामाग्री हस्तान्तरण गरे । प्रिन्सलाई र्‍याकेट, स्ट्रिङ, जुत्ता र ब्याग प्रदान गरियो ।

सदस्य-सचिव घिसिङले खेल सामाग्री प्रदान गर्नुअघि माग गरे अनुसारको गुणस्तरको छ कि छैन भनी प्रिन्ससँग यकिन गरेपछि मात्र सामाग्री हस्तान्तरण गरेका थिए ।

प्रिन्स केहि दिनअघि वाइल्ड कार्डमार्फ पेरिस ओलम्पिकका लागि छनोट भएका थिए । कुनैपनि गृष्मकालीन ओलम्पिकका लागि नेपाली ब्याडमिन्टन खेलाडीले सहभागिता जनाउन लागेको पहिलो अवसर हो ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey