इंग्ल्याण्ड जाने नेपाली फुटबल टिमले गर्‍यो अन्तिम ट्रेनिङ

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१७
  • |
  • 272 पटक हेरिएको

नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ल्यान्डको सी टोलीसँग मैत्रिपूर्ण खेल खेल्नका लागि प्रशिक्षण सम्पन्न गरेको छ ।  

टिमले सोमबार भद्रकालीस्थीत नेपाल आर्मीको ग्राउण्डमा प्रशिक्षण गरेको हो । वैशाख २४ गते इङ्ल्यान्डमा खेल हुने तालिका छ । खेलका लागि एन्फाले एक साता अघिदेखिमात्रै तयारी थालेको थियो । खेलका लागि नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले २८ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

टोलीमा गोलरक्षकका रुपमा अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत रहेका छन् । यसैगरी रक्षापंक्तिमा अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ रहेका छन् ।

मध्यपंक्तिमा भरत खवास, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले र रोहन कार्की रहेका छन् । त्यस्तै अञ्जन बिष्ट, दीनेश हेन्जन, गिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जिव बिष्ट र राजेश परियारलाई समेटिएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey