आर्मी र साविक विजेता न्यु डायमन्ड भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-११
  • |
  • 440 पटक हेरिएको

सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो खेल नेपाल आर्मी र साविक विजेता न्यु डायमन्डबीच हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदै छ । बुधबार २ खेल हुनेछ । अर्को खेलमा नेपाल प्रहरी र एपीएफ क्लब भिड्ने छन् ।

प्रतियोगितामा यि ४ टिमको सहभागिता रहने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जनाएका छन् । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष २ स्थानमा हरने टिम फाइनलमा प्रवेश गर्ने छन् ।

चारै टिमले नगद पुरस्कार पाउने छन् । विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार जित्ने छन् । तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको उद्घाटनका अवसरमा एक राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मान गरिने छ ।

बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद किवास परिषद्, बागमती प्रदेश, विभिन्न नगरपालिका र कर्पोरेट हाउसहरुले सहयोग गरेको अध्यक्ष खड्काले जानकारी दिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey