यू-१९ क्रिकेट- वागमतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-१७
  • |
  • 899 पटक हेरिएको

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीलाई ८ विकेटले पराजित गर्दै सुदुरपश्चिमले फाइनलमा स्थान बनाएको छ। अन्तिम तथा निर्णायक खेलमा बागमति केवल ९६ रनमा समेटिएपछि सुदुरपश्चमिले उक्त लक्ष्य २३.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो। जितसँगै समुहचरणमा सुदुरपश्चिमको ८ अंक भएको छ। यसअघिनै १० अंकका साथ लुम्बिनिले फाइनलमा स्थान बनाएको थियो। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ३०.१ ओभरमा सबै विकेट गुमाएर केवल ९५ रन मात्रै जोड्न सक्यो। बागमतीका लागि विवेक मगरले ७५ बलमा ३२ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै कृष कार्कीले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन्। बागमतीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त मल्ल र शेर मल्लले क्रमसः ५ र ४ विकेट लिएका थिए।

जवाफि इनिङ सुरू गरेको सुदूरपश्चिमले २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । सुदूरपश्चिमको जितमा नरेश भट्ट र राहुल भण्डारीले तेस्रो विकेटका लागि अविजित ५८ रनको साझेदारी गर्दै टीमलाइ जित दिलाए। भट्टले ५८ बलमा ३७ रनको अविजित इनिङ खेल्दा भण्डारीले ३९ बलमा ३१ रन बनाए। कप्तान खडक बोहोरा ५ रनमा आउट हूँदा बसन्त कार्की ११ रन बनाएर पेभिलियन फर्कीएका थिए। बागमतीका लागि प्रतिश जिसी र गौतम केसीले समान १-१ विकेट लिए। 

जितसँगै सुदुरपश्चिमले फाइनलमा स्थान पक्का गरेको छ। अब उपाधिका लागि सुदुरपश्चिमले लुम्बिनीसँग आईतबार टियु मैदान कीर्तिपुरमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey