टोटनहेमको सहज जित

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०८-१७
  • |
  • 695 पटक हेरिएको

इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहिबार राति भएको खेलमा टोटेनहेमले ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै शिर्ष चारको दाबेदारी बलियो बनाएको छ।

प्रशिक्षक एन्टोनी कोन्टोले आफ्नो अपराजित यात्रा जारी राखेपछि टोटेनहाम लयमा देखियो।

कोन्टेले समालेयता टोटनहेम तीन खेलमा अपराजित छ। १२ औ मिनेटमा सेर्गी कानोसको आत्माघाति गोलमार्फत टोटनहेमले अग्रता लियो। दोस्रो हाफमा सन ह्युङ मिनको काउन्टर याट्याक गोल गर्दै टीमको सहज जित पक्का गरे।

कोन्टेको प्रशिक्षणमा टोटन्हेमले पहिलो खेलमा एभर्टनसँग गोलरहित बराबरी भएको थियो।त्यस्तै दोस्रो खेलमा लिड्स युनाईटेडलाई पराजित गरेको थियो भने तेस्रो खेलमा ब्रेन्टफोर्डमाथि जित निकाल्यो।

लगातार अपराजित यात्रासँगै टोटनह्यामले १५ खेलबाट २३ अंक बनाएर छैटौं स्थानमा छ। चौंथो स्थानको वेस्टह्यामको २४ अंक रहेको छ।


#फुटबल

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey