थ्री स्टारसँग तीन अंकका लागि खेल्छौं: प्रशिक्षक केसी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०८-०९
  • |
  • 1356 पटक हेरिएको

सातदोबाटोका प्रशिक्षक मेघराज केसीले थ्री स्टार बलियो प्रतिद्धन्दी भएको भन्दै उसलाई हराउनका लागि मैदान उत्रने बताएका छन्।

सातदोबाटो र थ्रीस्टार बिच हुने खेल अघिको प्रि-म्याच कन्फ्रेन्समा केसीले भने 'पहिलो खेलमा थ्रि स्टारले आफ्नो नाम जस्तो प्रदर्शन गर्न सकेन। त्यसैले थ्री स्टार विरुद्ध हामि तीन अंककै लागि प्रतिस्पर्धा गर्ने छौं।'

प्रशिक्षक केसीले पहिलो पटक नेपाल आएका दक्षिण अफ्रिकन खेलाडी सिफामन्डला घाइते भएर १० हप्ता मैदान बाहिर हुने भएको जानकारी दिए। सिफामन्डलाले पहिलो खेलमा १७-१८ मिनेट मैदानमा विताउँदा घाइते भएपछि मैदानबाट बाहिरिएका थिए।

केसीले भने 'पहिलो पटक नेपाल आएका र हामिले विश्वास गरेका दक्षिण अफ्रिकी खेलाडी सिफामन्डला घाइते भएर १० हप्ता मैदान बाहिर हुने भएका छन्। उनको घुँडाको अप्रेसन गर्नु पर्ने भएको छ। उनको उपचारमा क्लबले सहयोग गर्छ। तर क्लबलाई एक खेलाडीको इन्जुरीले ठुलो घाटा भएको छ।'

थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले भने पहिलो खेलमा जितका बाबजुत सन्तुष्ट हुन नसकिएको भन्दै अबको खेलमा पहिलो खेलको कमजोरी हटाएर मैदान उत्रने बताए।

उनले सातदोबाटो राम्रो टीम भएको भन्दै थ्री स्टारको लक्ष्य जतिसक्दो चाँडो स्कोर गर्ने हुने बताए। पहिलो चरणमा थ्री स्टार ३ अंक भएपनि गोल अन्तरका आधारमा शिर्ष स्थानमा छ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey