कपाल छोटो पारेकै कारण स्वर्ण विजेता एनको आलोचना

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-१६
  • |
  • 963 पटक हेरिएको

दक्षिण कोरियाली ओलम्पिक स्वर्णपदक विजेता आर्चर खेलाडी एन सान कपाल छोटो पारेर ओलम्पिकमा भाग लिएका कारण आलोचनामा परेकी छन् ।

कोरियाका महिलाविरोधीहरुले उनको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै आलोचना गरेका छन् । 

२० वर्षिय सानले ओलम्पिकमा नयाँ रेकर्डसहित स्वर्ण पदक जित्न सफल भएकी छन् । उनलाई थुप्रै राजनितीज्ञ तथा सेलीब्रेटीहरुले भने समर्थन गरेका छन् ।

कोरियाका जस्टिस पार्टिका नेता सिम सान जुङले उनको समर्थन गर्दै आलोचना गर्ने सबैको मुख बन्द गरिदिन सफल भएकोमा बधाई दिएकी छन् । 

एजेन्सीका अनुसार उनको समर्थनमा सामाजिक सञ्जालमा ६ हजारभन्दा धेरै छोटो कपाल भएको उनको तस्बिरहरु पोस्ट भएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन्जाई इनले पनि सानलाई बधाई दिँदै उनी देशको लागि गहना भएको बताएका छन् । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey