साफ च्याम्पियनसिप नेपालमा गर्ने एन्फाको निर्णय

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-१५
  • |
  • 3163 पटक हेरिएको

हाइलाइट्स


  • बंगलादेशमा हुने भनिएको साफ च्याम्पियनसिप गर्नका लागि साफले गरेको प्रस्तावलाई स्विकार्दै एन्फाले पनि प्रपोजल पठाएको थियो ।

अखिल नेपाल फुटबल संघ एन्फाले आसन्न साफ च्याम्पियनसिप नेपालमा नै गर्ने निर्णय गरेको छ ।

बंगलादेशमा हुने भनिएको साफ च्याम्पियनसिप गर्नका लागि साफले गरेको प्रस्तावलाई स्विकार्दै एन्फाले पनि प्रपोजल पठाएको थियो ।

जसमा एन्फाको कार्यसमितीको आपतकालिन बैठकले साफ नेपालमा गर्ने निर्णय गरेको छ ।

यसका साथै बैठकले साफ नेपालमा गराउनका लागि सरकारले गरेको सहयोगको धन्यवाद दिनेपनि निर्णय गरेको छ । 

हालका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले साफ नेपालमा गर्नका लागि ५ करोड रुपैयाँ दिने मौखिक सहमती दिएको छ । जसका कारण पनि एन्फालाई साफ नेपालमा गर्नकालागि आँट आएको हो । 

बंगलादेशमा हुने भनिएको प्रतियोगिता त्यहाँको फुटबल संघले गर्न नसक्ने भन्दै पछाडी हटिसकेको छ । यस्तैमा नेपालसँगै प्रतियोगिता आयोजनाका लागि भारत पनि इच्छुक देखिएको छ भने श्रीलंका र माल्दिभ्सले पनि संयुक्त रुपमा गर्ने चाहना राखेका छन । 

तर नेपाललाई प्रतियोगिताको जिम्मा दिएको खण्डमा एन्फाले कम्तिमा पनि सात करोड रुपैयाँ जुटाउनु पर्नेछ । यतिमात्र होइन साफलाई एक लाख डलर रोयल्टी दिनुपर्नेछ भने सहभागि टिमलाई २५ हजार डलर तयारी खर्च दिनुपर्नेछ । यस्तै करिव ६० हजार अमेरीकी डलर प्रतियोगिताका बेला म्याच अफिसियलको भत्तामा खर्च हुने संभावना छ । 

यसका साथै टिमको खान बस्न, स्थानीय ब्यवस्थापनमा पनि एन्फाले नै खर्च गर्नुपर्ने अवस्था छ । साथै पुरस्कार राशीमा पहिलो हुनेले ५० हजार डलर र दोस्रोलाई २५ हजार डलर पनि छुट्याउनुपर्नेछ । 
सात करोड रुपैयाँ जुटाउन सकेको खण्डमा एन्फाले साफलाई सफल रुपमा गर्नसक्ने आट गरेको छ । 

यसअघि अगष्टको अन्तिम र सेप्टेम्बरको पहिलो साता हुने भनिएको प्रतियोगिता अब अक्टोबरको फिफा विन्डोमा गर्नुपर्ने देखिएको छ । भारतसहित अरु देशले पनि अगष्टको अन्तिममा प्रतियोगिता हुन संभव नभएको भन्दै त्यो भन्दा पछाडीको विन्डो मागेको छ । जसमा अक्टोबर तीन देखि १३ सम्मको संभावित विन्डाेलाई राखिएको छ । 

यो प्रतियोगिता नेपालमा गर्दा बजेटको चुनौती एकतर्फ भएपनि राष्ट्रिय टिमका लागि पहिलो पटक साफ च्याम्पियनसिप जित्ने संभावना भने रहेको छ । यसका साथै एन्फाको हालको नेतृत्वलाई आफ्नो पालामा बिषम परिस्थितीमा पनि साफको आयोजना गरेको भन्ने गर्व गर्ने ठाँउ भने पक्का हुनेछ । 

तर दर्शकविनाको साफ च्याम्पियनसिप गर्नपनि एन्फा तयार रहेको छ । एन्फाले विभिन्न भेन्डरहरुलाई अझैपनि दुई देखि तीन करोड रुपैयाँ तिर्न बाँकी नै रहेको स्राेतकाे दावी छ । यस्तो अवस्थामा साफमा अर्को बजेटको भारलाई थेग्न सक्ने हो की होइन भन्ने मुख्य प्रश्न छ । 

नेपालले अन्तिम पटक सन् २०१३ मा साफको आयोजना गरेको थियो । त्यसपछि करिव आठ बर्षसम्म नेपालले यो प्रतियोगिता गरेको छैन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey