मेसाको सपना मेस्सीले गरिदिए पुरा
- एजेन्सी
- |
- २०७८-०४-०७
- |
- 1155 पटक हेरिएको
हाइलाइट्स
- मेसाले आफ्नो देब्रे खुट्टामा मेस्सीको ट्याटु पनि खोपाएका छन् भने आफु मेस्सीको ठुलो समर्थक भएको बताउने गरेका छन् ।
बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अमेरिकन बेसबल क्लब मर्लिनका खेलाडी भिक्टोर मेसाको जर्सि प्राप्त गरेका छन् ।
प्राय फुटबल मैदानमा खेलाडीहरुसँग जर्सि साट्ने मेस्सीले मेसाको जर्सिसँग खिचाइएकोे तस्बिर मेसाले समाजिक सञ्जालमा हालेका छन् । मेस्सीले आफ्नो जर्सिको साथमा खिचाएको तस्बिर पाएमपछि मेसाले आफ्नो सपना पुरा भएकोे बताएका छन् ।
१९ वर्षिय मेसाले मर्लिनमा आउटफिल्डरका रुपमा खेल्दै आएका छन् । उनी २०१८ मा आफ्नो दाई भिक्टोर भिक्टोर मेसाको साथमा मर्लिनमा अनुबन्ध भएका थिए ।
मेस्सीले आफ्नो जर्सि समातेकोे तस्बिर मेसालाई पठाएका हुन् । त्यसपछि मेसाले इन्स्टाग्राममा उक्त तस्बिर अपलोड गरेका छन् ।
मेसाले आफ्नो देब्रे खुट्टामा मेस्सीको ट्याटु पनि खोपाएका छन् भने आफु मेस्सीको ठुलो समर्थक भएको बताउने गरेका छन् ।
‘यदि तपाई मलाई चिन्नुहुन्छ भने त्यो नै काफी छ ,तपाईलाई थाहा होला यो तस्बिरले मेरो लागि कति अर्थ राख्छ,मेरो आइडलले आज मेरो सपना पुरा गरिदिएको छ’ मेसाले इन्स्टामा लेखेका छन् ।