दशौं खेलकुदको अवसरमा वीरेन्द्रनगरमा वृहत सरसफाइ

  • Image नेप्लेज
  • १२ मंसिर २०८३, शनिवार
  • 33 पटक हेरिएको
दशौं खेलकुदको अवसरमा वीरेन्द्रनगरमा वृहत सरसफाइ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले दशौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै वृहत सरसफाइ अभियान सुरु गरेको छ ।

खेलकुदको तयारीसँगै वीरेन्द्रनगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले नगरपालिकाको आयोजनामा सरसफाइ अभियान थालिएको मेयर मोहनमाया ढकालले जानकारी दिइन् ।

शनिबार बिहान सुरु गरिएको सरसफाइ अभियानमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाही, सामाजिक विकास मन्त्री जीतबहादुर मल्ल, कृषि मन्त्री जुम्कित लामा, नगरप्रुमख मोहनमाया ढकाल लगायतको उपस्थिति रहेको थियो ।

मेयर ढकालका अनुसार वीरेन्द्रनगरका विभिन्न सडक, सार्वजनिक स्थल, खेलकुद आयोजना हुने क्षेत्र तथा आसपासका स्थानमा सरसफाइ गरिएको छ । उनका अनुसार सडकमा परेका खाल्डाखुल्डी पुर्ने, छेउमा रोपिएको विरुवाहरुमा पानी हाल्ने लगायतका काम पनि भएको छ ।

यस्तै, नगरपालिकाले स्थानीय नागरिक, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायको सहभागितामा अभियानलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको जनाएको छ । साथै नगरपालिकाले नगर क्षेत्रलाई सफा राख्ने अभियानमा सहभागि हुन र सहयोग गर्न नगरबासीलाई आग्रहसमेत गरेको छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment