आर्मी र एपीएफ उपाधिनजिक

  • Image नेप्लेज
  • १२ मंसिर २०८३, शनिवार
  • 45 पटक हेरिएको
आर्मी र एपीएफ उपाधिनजिक

सुर्खेत । दसौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा नेपाल आर्मी र एपीएफ शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको सेमिफाइनलमा आर्मीले पुलिसलाई ४४–२८ ले पराजित गर्यो । आर्मीको जितमा अनिशा घलेले १३ अंक योगदान गरिन् ।
सुरुका तीन क्वाटरमा आर्मीले क्रमशः ९–६, १९–७ र ८–६ को अग्रता लिदै जितको आधार खडा गरेको थियो । चौथो क्वाटरमा पुलिसले ९–८ को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन ।
अर्को सेमिफाइनलमा सोनी वाइबाको १७ अंक सहयोगमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ७४–१२ ले  हरायो । पहिलो क्वाटरमा १६–१ को अग्राता बनाएको एपीएफले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्दै जित अन्तर फराकिलो बनायो । एपीएफले दोश्रो क्वाटरमा २३–२, तेश्रोमा २०–६ र चौथोमा १५–३ स्कोर गर्यो ।
महिलाकै थ्री अन थ्रीमा कर्णाली प्रदेश र आर्मीले उपाधि भिडन्त पक्का गरे । कर्णालीले एपीएफमाथि ११–१० को कठिन जित दर्ता गर्यो । कर्णालीकी एन्जल गुप्ताले ५ स्कोर गरिन् । आर्मीले बागमती प्रदेशको चुनौती १५–४ ले पन्छायो । आर्मीकी दिब्यान्शा कार्कीले ७ अंक जोडिन् । दुवै विधाको फाइनल आइतबार हुनेछ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment