दशौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

  • Image नेप्लेज
  • ९ मंसिर २०८३, बुधवार
  • 72 पटक हेरिएको
दशौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

सुर्खेत । कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलतर्फ बुधबार भएका खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

बुधबार बिहान सम्पन्न फुल कोर्ट (५×५) विधाका दुई खेलमा दुवै टोलीले जित निकालेका हुन् । पहिलो खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई ५२–२९ को फराकिलो अन्तरले पराजित गरेको छ । पुलिसले खेलभर उत्कृष्ट प्रदर्शन गर्दै २३ अंकको अन्तरमा जित निकालेको हो ।

त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित गरेको छ । सुदूरपश्चिमले खेलमा सुरुदेखि नै दबाब कायम राख्दै सहज जित हासिल गरेको हो । महिला बास्केटबलतर्फ बुधबार दिउँसो थ्री अन थ्री (३×३) विधाका खेल सञ्चालन हुनेछन् ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment