कतारमा जारी ‘एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिता’को शुक्रबारको खेलमा नेपालविरुद्ध भारतको ‘ए’ टोलीले पहिले ब्याटिङ गर्ने भएको छ ।
नेपालले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
नेपाल र भारत ‘ए’ बीचको खेल दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार, १५:४५ बजे शुरू हुनेछ ।
दुवै टोलीले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । यो ‘लिस्ट ए’ मान्यताप्राप्त एकदिवसीय ढाँचाको प्रतियोगिता हो ।
नेपाल र भारत प्रतियोगिताको समूह ‘बी’मा रहेका छन् । उक्त समूहमा पाकिस्तान शाहिन्स र संयुक्त अरब इमिरेट्स (यूएई) पनि छन् ।