काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा अलआउट भएर १०५ रनमा समेटियो ।
कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले १८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । हुसेन तलतले २४ तथा पवन सर्राफले १२ रन जोडे । गुल्सन झाले १३ रन बनाए । कप्तान डेभिड मिलर ५ रनमा आउट भए भने दीपेन्द्र रावतले खाता खोल्न सकेनन् ।
लुम्बिनीका रोहित पौडेलले २ विकेट लिए । अभिषेक गौतमले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । डी-आर्सी सर्टले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । किशोर महतोले २ तथा रुबेन ट्रम्पलम्यान र शेर मल्लले पनि समान १-१ विकेट लिए ।