पोखराविरुद्ध सुदूरपश्चिमले टस जितेर फिल्डिङ गर्ने

  • Image नेप्लेज
  • ११ कार्तिक २०८३, बुधवार
  • 116 पटक हेरिएको
पोखराविरुद्ध सुदूरपश्चिमले टस जितेर फिल्डिङ गर्ने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) काे तेस्राे संस्करणअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। 

त्रिवि क्रिकेट रंगशालामा बुधबार भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेका हुन्।

उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग १९ रनले पराजित भएको सुदूरपश्चिम दोस्रो खेलमा मैदान उत्रिँदैछ। पोखरा भने प्रतियोगितामा पहिलो खेल खेल्दैछ।