काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारीका विषयमा प्रदेश खेलकुदका सदस्य–सचिवसंग शुक्रबार छलफल गरेका छन् ।
खेलाडी छनोटसहित दसौं राष्ट्रिय खेलकुदको समग्र तयारीका विषयमा छलफल भएको थियो ।
बुधबार सदस्य–सचिव मेहताले राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३२ खेलका राष्ट्रिय संघका पदाधिकारी, विषयगत उपसमितिका संयोजकसहित सचिव तथा विषयगत उपसमितिका सचिवसंग छुट्टाछुट्टै छलफल गरेका थिए ।
दसौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म हुनेछ ।