प्रथम आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगित : यु–१६ मा सुरम्य च्याम्पियन

  • Image नेप्लेज
  • १ आश्विन २०८३, बिहिवार
  • 43 पटक हेरिएको
प्रथम आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगित : यु–१६ मा सुरम्य च्याम्पियन

काठमाडौं । सेन्ट मेरिजकी सुरम्य शाक्यले प्रथम आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुरम्यले फ्युचर स्टारकी एम्रिन महर्जनलाई ११–७, ११–९ र ११–५ को सोझो सेटमा पराजित गरिन् । आरम्भकी आभा प्रधान र लिटिल एन्जल्स (एलए) की पमिला जोशी तेश्रो भए । आरम्भ संस्कार विद्यालयको आयोजना भइरहेको प्रतियोगिताको ब्वाइज टिम इभेन्टमा डिएभी पहिलो भयो । डिएभीले फाइनलमा आरम्भलाई ३–२ ले हरायो । डिएभीबाट रिभान वज्राचार्य र निर्भाना वज्राचार्यले प्रतिस्पर्धा गरेका थिए । प्राइम ग्लोबल र प्रभात तेश्रो बने ।

गल्र्स टिम इभेन्टमा भने आरम्भ पहिलो भएको थियो । यसअघि यु–१२ सिंगल्सको ब्वाइजमा बृहस्पति विद्या सदनका रियान्स श्रेष्ठ र गल्र्स स्वस्तिश्री गुरुकुलकी सुरभी गुरुङ पहिलो भएका थिए । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।