विष्णु गैरे टेनिसको उपाधि भीष्म र पासाङको जोडीलाई

  • Image नेप्लेज
  • ३० जेठ २०८३, शनिवार
  • 2648 पटक हेरिएको
विष्णु गैरे टेनिसको उपाधि भीष्म र पासाङको जोडीलाई

मण्डिखाटार टेनिस क्लबको आयोजनामा सञ्चालन भएको 'पाँचौ विष्णु गैरे टेनिस प्रतियोगिता-२०२६' को उपाधि भीष्म जंग गुरुङ र पासाङ शेर्पाको जोडीले जितेको छ।

गत जुन ६ देखि सुरु भई शनिबार सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा भीष्म र पासाङको जोडीले विमल कुमार गुरुङ र पवित्र रायमाझीको जोडीलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।

उपाधि भिडन्तमा विजेता जोडीले प्रतिद्वन्द्वीलाई ६-४ र ६-१ को सेटमा सहजै पाखा लगाउँदै मुख्य उपाधि आफ्नो नाममा लेखाउन सफल भयो।

सम्बन्धित खबर