उद्योगवाणिज्य महासंघको सिफारिसमा गोपाल खनाल राखेप बोर्ड सदस्यमा नियुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-१९
  • |
  • 322 पटक हेरिएको

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद् राखेपमा थप एक जना सदस्य नियुक्त गरेका छन् ।

मन्त्रीस्तरीय निर्णयबाट उद्योगवाणिज्य महासंघको कोटामा अर्घाखाँचीका गोपाल खनाललाई सदस्यमा नियुक्त गरिएको हो । नयाँ ऐन अनुसार ३७ सदस्यीय राखेपको बोर्ड हुन्छ ।

त्यसमा मन्त्री परिषद्ले ९ जनालाई नियुक्त गर्छ भने बाँकी खेलकुदमन्त्रीले नियुक्त गर्न पाउने व्यवस्था छ ।

साथै नयाँ अनुसार विभिन्न क्षेत्रका प्रतनिधित्वको पनि अनिवार्य व्यवस्था गरेको छ । यस्तै विभिन्न मन्त्रालयका सचिवहरुका साथै नेपाल प्रहरी, आर्मी र पुलिसबाट पनि राखेपमा प्रतिनिधित्वको व्यवस्था छ ।

बोर्ड सदस्यमा हरी खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुमित्रा चौधरी रहेका छन् । यसैगरी खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ, सुवर्णा श्रेष्ठ  रहेकी छिन् ।

ऐनको प्रावधान अनुसार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए । जसमा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द्र भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ रहेका छन् । नयाँ ऐन अनुसार राखेप सदस्य सचिवमा रमेश सिलवाल र उपाध्यक्षमा शिव कोइराला मन्त्रीपरिषदबाट नियुक्त भएका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey