ओलम्पिकका लागि करातेकाे प्रशिक्षण फेरी सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०७-१६
  • |
  • 216 पटक हेरिएको

दशैका बेला केहि दिनका लागि स्थगित भएको कराते प्रशिक्षण आज (आइतबार) बाट फेरी सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण दुई पटक स्थगित भएर सुरु भएको कराते प्रशिक्षण तेस्रो पटक सुरु भएको हो ।

आइतबार सातदोबाटो स्थित करातेको प्रशिक्षण केन्द्रमा तयारी सुरु भएको छ । प्रशिक्षक दिपक श्रेष्ठको प्रशिक्षणमा टोकियो ओलम्पिकका लागि दुई खेलाडी तयारीमा छन । जसमा अनु अधिकारी र नवीन रसाईली रहेका छन ।

यी दुई खेलाडीलाई सहयोगका लागि अरु दुई खेलाडीपनि प्रशिक्षणमा सहभागि गराइएको छ । अहिले खेलाडीको फिटनेसमा बढि जोड दिइएको छ ।

पुर्ण रुपमा सुरक्षा सावधानी अपनाएर प्रशिक्षण सुरु गरिएको हो । खेलाडीको पुर्ण प्रशिक्षणका लागि भने अझै केहि समय लाग्ने बताइएको छ ।

करातेको औपचारिक प्रशिक्षणका लागि आधिकारी रुपमा पत्र भने आइसकेको छैन । परिषद्ले मौखिक रुपमा प्रशिक्षण गर्न भनेपछि करातेले सुरु गरेको हो ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey