ब्याटमिन्टनका ३१ खेलाडीकाे काेराेना बीमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-१२
  • |
  • 325 पटक हेरिएको

नेपालमा कोरोनाको महामारी झन झन बढिरहेका बेला विभिन्न संघहरुले आफ्ना खेलाडीको कारोना बीमा गर्ने क्रम जारी राखेका छन ।

पछिल्लो पटक नेपाल ब्याटमिन्टन संघले आफ्ना ३१ खेलाडीको कोरोना बीमा गरेको छ ।

संघले खेलाडीसहित संघका पदाधिकारी तथा अम्पायरको पनि बीमा गरेका हुन ।

संघले सबैको एक एक लाखको बीमा गरेको जनाएको छ ।

पल्लिो पटक नेपाल बक्सिङ संघ, भलिबल संघ, क्रिकेट संघ र फुटबल संघले खेलाडीको कोरोना बीमा गरेका छन । कोरोनाका लकडाउन भएपछि लामो समय प्रशिक्षण अबरुद्ध भएको ब्याटमिन्टन संघले विचमा सिमित खेलाडीलाई समावेश गरेर प्रशिक्षण सुरु गरेको थियो ।

तर पछिल्लो पटक सरकाले नै निषेधाज्ञा लगाएपछि र प्रशिक्षणका माहोल राम्रो नभएपछि त्यो कार्यक्रम स्थगित गरेको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey