भारतीय जुडाे खेलाडी २२ महिना प्रतिबन्धमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-११
  • |
  • 281 पटक हेरिएको

भारतीय जुडो खेलाडी दिपान्शु बलायनलाई डोपिङका कारण २२ महिनाको प्रतिबन्ध लगाएको छ । २०१९ को अक्टोबर १७ बाट लागु हुनेगरि उनलाई कारवाही सुनाइएको छ ।

उनले भारतको नेश्नल डोपिङ एजेन्सीले प्रतिबन्ध लगाएको औषधी सेवन गरेको भन्दै लामो समयसम्म प्रतिबन्ध लगाएको हो । नाडाको एन्टी डोपिङ डिसिप्लिन प्यानलले उनलाई यस्तो कारवाहि सुनाएको हो ।

अघिल्लो बर्ष जुनियर जुडो च्याम्पियनसिपमा राष्ट्रिय टिममा छनोट भएका उनले डोपिङ गरेको प्रमाणित भएको छ ।

उनले सजाय सुनाएको २१ दिनमा अपिल गर्न पाउनेछन । त्यो अवसरमा यदि अहिलेको प्रतिबन्ध विरुद्ध प्रमाण जुटाएमा सजायमा हेरफेर हुनेछ नत्र २२ महिना उनी खेलबाट टाढा हुनेछन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey