लकडाउनले निकै कठिन बनाएकाे छ-दिपेन्द्र ऐरी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-०६
  • |
  • 606 पटक हेरिएको

कोरोना भाइरसका कारण शुरुमा चार महिना लकडाउन हुँदा नेपाली खेलकुदमा ठूलो घाटा भयाे । तर, अहिले फेरी काठमाडौं लगायतका विभिन्न स्थानमा निषेधाज्ञा जारी हुँदा खेलकुद गतिविधीमा पूर्ण विराम लागेकाे छ । दोस्रो पटक कोरोनाले पुरै खेलकुद नै बन्द भएका बेला खेलाडीहरु पनि त्यसबाट अछुतो रहने कुरै भएन ।

यस्तैमा राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले पहिलो चरणको लकडाउन हुँदा परिवारलाई भेट्ने समय पाएको र रमाईलो भएको बताए पनि फेरी त्यहि अवस्था आउँदा अवस्था कठिन हुने बताएका छन् ।

राष्ट्रिय टिमका क्याम्प हुन्छ भन्ने थाहा पाएपछि काठमाडौं फर्किएका दिपेन्द्रले केहि समय नेटमा अभ्यास गरे । अघिल्लो महिनामात्र जन्मदिन मनाएका दिपेन्द्रले लकडाउनका कारण आर्थिक रुपमा पनि कतिपय खेलाडीलाई कठिन भएको नेप्लेजसँगकाे कुराकानीमा बताए ।

उनले क्रिकेटका धेरै खेलाडी विभागिए टिममा भएकाले नियमित तलव आउने भएकाले केहि सजिलो भए पनि अरु खेलाडीलाई भने कठिन रहेको बताए । उनले राष्ट्रिय टिमबाट १९ महिनासम्म तलव नपाउँदा पक्कै पनि कठिन भएको तर चाँडै त्यो तलव पाउने आशामा आफूहरु रहेकाे पनि जानकारी दिए ।

उनले नेप्लेजसँगको कुराकानीमा केहि समय अगाडी गाडी खरिद गरेको समेत बताएका छन् । काठमाडौंमा कोठा भाडामा बसेर खान बस्न नियमित आम्दानी नहुँदा सोचेको जस्तो सजिलो नभएको धारणा राखे ।

हेरौं दिपेन्द्रसिंह ऐरीसँगको कुराकानीको भिडियो

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey