पूर्व खेलाडी राजेन्द्र क्षेत्री सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-०१
  • |
  • 205 पटक हेरिएको

नेपाल कराते महासंघमा लामो समय कार्यालय सचिवका रुपमा कार्यरत पूर्व खेलाडी राजेन्द्र क्षेत्री सोमबार सम्मानित भएका छन् ।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का प्रशिक्षकहरु मिलेर क्षेत्रीलाई नगद २५ हजारसहित सम्मान गरेका हुन् । सोही अवसरमा १३ औं सागका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठले पनि व्यक्तिगत रुपमा क्षेत्रीलाई ५ हजार रुपैयाँ प्रदान गरे । क्षेत्रीलाई मुटु र आँखाको समस्यामा पनि रहेको करातेका प्रमुख प्रशिक्षक मदन उप्रेतीले जनाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवालको सम्मानमा आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा क्षेत्रीलाई नगद र मायाको चिनो हस्तान्तरण गरिएको थियो । नेपाल कराते महासंघद्वारा आयोजित कार्यक्रममा महासंघका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले उपाध्यक्ष कोइराला र सदस्य–सचिव सिलवाललाई मायाको चिनो हस्तान्तरण गरे ।

त्यसै अवसरमा १३ औं सागमा निर्णायकको भुमिका निर्वाह गरेका नेपाली एकेएफ रेफ्रीहरु राम लामा, राजेन्द्र कपाली, महेश रन्जित, छत्र आले, ध्रुवविक्रम मल्ल र विआर मित्रलाई पनि मायाको प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रम १३ औं सागका प्रशिक्षक परिवारले प्रायोजन गरेको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey