क्यानको अहिलेको नेतृत्वले काम गर्न नसके सबैले धिक्कार्छन् : शाही

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०५-०१
  • |
  • 228 पटक हेरिएको

काठमाडौं ।  नेपाली क्रिकेटका विषयमा धेरैको चासो छ । क्यान निलम्बनमा परेपछि आईसीसीले प्रत्यक्ष निगरानीमा नेपाली क्रिकेट क्षेत्र चलायमान त बनाएको थियो तर व्यवस्थापनको पक्षमा भने आशातित सफलताहरु हासिल हुन सकेन । यस बीचमा नेपाली क्रिकेटले चार वर्षकालागि एक दिवसीय मान्यता पनि पायो ।

तर, अहिले अवस्था फेरिएको छ । क्यानको निर्वाचन भएर कार्यकाल शुरु गरेको पनि असोजमा १ वर्ष पुग्छ । अहिले कोरोना महामारीका कारण सोँचेजस्तो काम पनि हुन सकेको छैन ।

नेपाली क्रिकेटमा निजि क्षेत्रको पनि ठूलो योगदानलाई नकार्न मिल्दैन । तर लगानी गरेर नेपाली क्रिकेटमा योगदान गर्दै आएकाहरुलाई खेलकुदले भने चिन्दैन । उनीहरु अहिले संगठित भएर नेपाली क्रिकेटका लागि हामी पनि योगदान गर्न तयार छौं भन्ने म्यासेजका साथ तदर्थ समिति गठन गरेका छन् । यसको नेतृत्व लिएका छन् नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरतकुमार शाहीले ।

उनको नेतृत्वमा निजी क्रिकेट एकेडेमी संघ नेपाल (तदर्थ) समिति गठन गरिएको छ । उक्त तदर्थ समितिले क्यान र राष्ट्रिय खेलकुद परिषद् राखेपसँग मिलेर नेपाली क्रिकेटलाई अझ माथि पुर्‍याउने लक्ष्य लिएको छ । त्यसका लागि अहिले विधान बनाउने काम शुरु भइसकेको शाहीले जानकारी दिए । हेरौं उनै शाहीसँगको यो कुराकानी ।

 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey