टाेकियाे ओलम्पिककाे तयारीमा रहेकाे करातेकाे प्रशिक्षण स्थगित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-२७
  • |
  • 473 पटक हेरिएको

नेपालमा कोरोना भाइरसको महामारी बढ्दै गएपछि आसन्न टोकियो ओलम्पिकको तयारीमा रहेको करातेको प्रशिक्षण तत्कालका लागि स्थगित हुने भएको छ ।

करातेका प्रशिक्षक दीपक श्रेष्ठले विज्ञेप्ती निकाल्दै खेलकुद क्षेत्रका ब्यक्तिलाई पनि कोरोना देखिएपछि हालका लागि प्रशिक्षण राक्नुपर्ने अवस्था आएको बताएका छन ।

अहिलेको अवस्थामा खेल क्षेत्रमात्र नभई सबै नागरिक सचेत हुनुपर्ने अवस्थाले गर्दा नेपाल सरकारको निर्देशनलाई समेत पालना गर्दै सातदोबाटो कराते एकेडेमीमा प्रशिक्षणरत रहेका कराते खेलाडीको प्रशिक्षण आज (मंगलबार) बाट बन्द गर्ने बताइएको छ ।

करातेले राष्ट्रिय खेलकुद परिषद्को स्विकृतीमा असार सात गतेबाट प्रशिक्षण सुरु गरेका थिए । टोकियो ओलम्पिक छनोटको तयारीमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेजा नवीन रसाइली र अनु अधिकारीले सातदोबाटो स्थित कराते प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिइरहेका थिए । कराते खेलाडी अनु अधिकारीले पनि बढ्दो संक्रमणकै कारण आज (मंगलबार) को प्रशिक्षण समेत स्थगित भएको बताइन् । उनले अल्टरनेटिभ रुपमा साताको चार दिन प्रशिक्षण हुँदै आएपनि मंगलबरदेखिनै स्थगित भएको बताइन् ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey