भदाै १५ सम्म खेलकुद प्रशिक्षण सुरु नगर्ने मन्त्रिपरिषदकाे निर्णय

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-२६
  • |
  • 385 पटक हेरिएको

नेपाल सरकारले भदौ १५ गतेसम्मका लागि कुनै पनि खेल गतिविधी र प्रशिक्षण गतिविधी गर्न नपाउने निर्णय गरेको छ । क्याविनेटले खेलकुद निकायको प्रशिक्षण भदौ १५ सम्मका लागि स्थगित गरेको हो ।

क्याविनेटको यो नयाँ निर्णयपछि भदौ एक गतेबाट अखिल नेपाल फुटबल संघ एन्फाले फिफा विश्वकप छनोटको तयारी अन्योलमा पर्ने भएको छ । एन्फाले भदौ एकगतेबाट प्रशिक्षण सुरु गर्ने तयारीका साथ सोमबारबाट खेलाडी र कर्मचारीको कोरोना परिक्षण सुरु गरिसकेको छ ।

यसअघि साउन पाँच गतेको क्याविनेटले भदौ एक गतेबाट खेलकुद प्रशिक्षण गर्न पाउने निर्णय गरेको थियो । तर काठमाडौंमा कोरोना र त्यसबाट मृत्यु हुनेको संख्या बढ्दै गएकाले सरकारले नै यसअघिको निर्णयलाई परिवर्तन गर्दै १५ दिनका लागि लम्ब्याउने निर्णय गरेको हो ।

नेपालमा पछिल्लो पटक कोरोना संक्रमण दिनकै तीन चार सयको हारहारीमा बढिरहेको छ । काठमाडौं उपत्यकामा मात्र ११ सय भन्दा बढि संक्रमित भइसकेका छन ।

यता नेपाल क्रिकेट संघ क्यानले भने यसअघि नै भदौमा हुने भनिएको प्रशिक्षण तत्काल नहुने बताइसकेको छ । यो बर्ष नेपाली क्रिकेट टिमको कुनै पनि प्रतियोगिता नभएको भन्दै प्रशिक्षणपनि अहिले नगर्ने बताएको छ ।

यता ब्याटमिन्टन खेलको प्रशिक्षणपनि पछिल्लो एक साताबाट रोकिएको छ । सुरुवातमा खेलाडीलाई परिक्षण नै नगरी सामाजिक दुरी कायम राखेर प्रशिक्षण गराउने भनेको नेपाल ब्याटिमिन्टन संघले कोरोनाको संक्रमण बढ्दै गएपछि केहि समयका लागि रोकेको छ ।

यस्तै टोकियो ओलम्पिकको तयारीमा रहेको करातेको प्रशिक्षणपनि अब रोकिने संभावना रहेको छ । सरकारको यो निर्णपछि अब नेपाली खेलकुदको प्रशिक्षणका लागि फेरी सोच्नुपर्ने भएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey