विश्वकप छनाेटकाे तयारीका लागि एन्फाद्वारा साेमबार ११ खेलाडी सहित २५ जनाकाे परिक्षण

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-२६
  • |
  • 169 पटक हेरिएको

आसन्न फिफा विश्वकप छनोटको तयारीका लागि क्याम्पमा बोलाएका खेलाडीको पहिलो चरणमा अखिल नेपाल फुटबल संघ एन्फाले कोरोना परिक्षण गरेको छ । आज (सोमबार) पाटन अस्पतालमा गरेको खेलाडीको परिक्षणमा १३ खेलाडी र कर्मचारी गरेर २५ जनाको कोरोना परिक्षण भएको छ ।

काठमाडौं बाहिर रहेका खेलाडीलाई बोलाएर होटेलमा क्वारेन्टिनमा राखेको एन्फाले पहिलो चरणमा ११ जना खेलाडी, फिजियो आविस्कार पुढासैनी, सहायक प्रशिक्षक किरण श्रेष्ठको परिक्षण गरेको छ ।

यस्तै एन्फाको होस्टेलमा काम गर्ने कर्मचारीको पनि आजै परिक्षण भएको छ । आज खेलाडीको परिक्षण हुनेमा काठमाडौं बाहिर रहेका खेलाडीमा विमल राना, दिप कार्की, देवेन्द्र तामाङ, विशाल राई, रविशंकर पासवान, छिरिङ गुरुङ, मिक्चेन तामाङ, दिलेन तोप्तान, पुजन उपरकोटी र दर्शन गुरुङ रहेका छन ।

अब भोली घरमै क्वारेन्टिनमा रहेका खेलाडीको परिक्षण हुने भएको छ । त्यसमा २२ जना खेलाडी छन ।

जसमा विक्रम लामा, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुनिल वल, रोहित चन्द, अभिषेक रिजाल, किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ , सरोज दाहाल, अनन्त तामाङ, अजित भण्डारी, तेज तामाङ, अमित तामाङ, एरिक बिष्ट, अन्जन बिष्ट र आशिष लामा, विकास खवास, नवयुग श्रेष्ठ, सुमन अर्याल, शेशेहाङ आङ्दम्वे, जर्ज प्रिन्स कार्की र भरत खवास छन ।

एन्फाले भदौ एक गतेबाट विश्वकप छनोटको प्रशिक्षण गर्ने तयारी गरेको छ । जसका लागि एन्फाको खेलाडी बस्ने होस्टेल तयार पारिएको छ ।

अब यो परिक्षणको रिपोर्ट आएपछि प्रशिक्षणको अघिल्लो दिन खेलाडीलाई सातदोबाटो स्थित एन्फा होस्टेलमा सारिनेछ । त्यसपछि भदौ एक गतेबाट खेलाडीलाई प्रशिक्षणमा लगिने भएको छ ।

फिफा विश्वकप छनोटको अभ्यास फागुनमा पनि सुरु गरेको थियो तर, कोरोना भाइरसको जोखिम बढेपछि अभ्यास स्थगित गरिएको थियो।छनोटको समुह बि मा रहेको नेपालले ५ खेल खेलिसकेको छ। जसमा नेपालले ३ अंक जोडेको छ। अब नेपालले केही तलमाथि नभए अक्टोबर ८ मा दशरथ रंगशालामा चाइनिज ताइपेईसँग खेल्नेछ । त्यसपछि अस्ट्रेलिया र जोर्डनसँग घरेलु मैदानमै खेल्नेछ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey