पीपीई लगाएर सन्दीप लामिछाने सीपीएल खेल्न प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-१५
  • |
  • 206 पटक हेरिएको

नेपाली खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने प्रस्थान गरेका छन् । कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान शुरु नभए पनि उनी चार्टड उडानमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाल सरकारको पहलमा उनी आज दक्षिण कोरिया हुँदै अमेरिका र त्यहाँबाट सीपीएलका लागि सेन्ट लुसिया पुग्नेछन । त्यसपछि उनलाई उनको टिमले चार्टड विमानबाट अरु खेलाडीसँगै ट्रिनिडाड लग्नेछ । सीपीएल खेल्न जान लागेका सन्दीपले पीपीई ड्रेसमा लगेज लिएको फोटो सार्वजनिक पनि गरेका छन् ।

सीपीएल आयोजक र टिम जमैका तलवाहले अगष्ट एक तारिखसम्म ट्रिनाड पुग्न भनेको थियो । उनी आज काठमाडौंबाट प्रस्थान गरे पनि आइतबार वेष्ट इन्डिज पुग्नेछन् । लगातार तेस्रो सिजनमा सीपीएल खेल्न लागेका सन्दिप यसपटक जमैका तालावाजबाट खेल्दै छन् ।

सन्दीपको टिम सीपीएलको फाइनलमा पुगेमा त्यसको नौ दिनपछि फेरी इन्डियन प्रिमियर लिग खेल्न उनी यूएई पुग्नुपर्नेछ । आइपीएल यूएईमा हुने पक्का भइसकेको छ । तर खेल तालिका र नियमका बारेमा अगष्ट एक तारिखमा आइपीएलको गर्भनिङ काउन्सिलको बैठक रहेको छ । त्यसले निधो गर्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey