फ्रेन्चाइजी लिग जति खेलेपनि राष्ट्रिय टिम पहिलाे प्राथमिकता-सन्दिप (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-१४
  • |
  • 209 पटक हेरिएको

नेपाली खेलाडी सन्दिप लामिछानेका लागि विदेशी फ्रेन्चाइजी लिगको यात्रा सीपीएलबाट सुरु भएको छ । जसका लागि उनी भोली वेष्ट इन्डिज प्रस्थान गर्ने भएका छन ।

वेष्ट इन्डिज जानुभन्दा अगाडी उनले पत्रकारसँगको कुराकानीमा यसपटकको सीपीएल केहि भिन्न हुने र नयाँ टिमबाट खेल्न पाउने हुँदा निकै सकारात्मक रहेको बताए ।

उनले लकडाउनका बेला आफुलाई कसरी क्रियटिभ बनाउने भनेर केहि गित पनि गाएको र रचना गरेको बताए । उनले ठुलो लिग खेल्दा दबाव नभएको र योजनाबद्द तरिकाले र उचित माइन्ट सेटबाट खेलेका झन राम्रो हुने बताए ।

सीपीएलपछि आइपीएल खेल्ने सन्दिपले तत्काल सीपीएललाई ध्यानमा राखेको र त्यसपछि आइपीएलका बारेमा सोच्ने बताए । साथै उनले आफ्नो तर्फबाट गर्नसक्ने सहयोग कीर्तिपुर मैदानमा काम गर्ने स्टाफका लागि गरेको धारणा राखे ।

यसका साथै सन्दिपले राष्ट्रिय टिमका लागि खेल्नु आफ्नाे पहिलाे प्राथमिकता थियाे र भविष्यमा पनि हुने बताए ।

“हेरौ उनले के के भने”

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey