तेक्वान्दाेमा विवाद निम्त्याएका ब्यक्ति नै परिषद्काे उपाध्यक्षमा आउँदा अब के होला ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-१४
  • |
  • 246 पटक हेरिएको

नेपाली खेलकुद निकायको अभिभावकत्व गर्ने निकाय राष्ट्रिय खेलकुद परिषद्को नयाँ सदस्य सचिवका रुपमा रमेश सिलवाल फेरी दोहोरीका छन भने उनीसँगै उपाध्यक्षमा शिब कोइराला (ज्वाला) पनि परिषद्मा आएका छन । एक नेकपाको केपी ओली खेमाका हुन भने अर्का प्रचण्ड खेमाका । शक्ति सन्तुलनका लागि परिषद्मा सदस्य सचिव र उपाध्यक्षलाई नयाँ जिम्मेवारी दिइएको छ ।

अब प्रसंग, पदवहालीको, युवा तथा खेलकुद मन्त्रालयमा सपथ ग्रहर गरेर नियुक्ति पत्र हात पारेपछि त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा पुगे । सदस्य सचिव र उपाध्यक्ष पुग्नु भन्दा अगाडी नै परिषद्मा निकै भिड जम्मा भइसकेको थियो । परिषद्का कर्मचारी विभिन्न खेलकुद संघका पदाधिकारीको जमघट र समुहमा विभिन्न कुराहरु भइरहेका थिए ।

परिषद्मा निकै कम देखिने ब्यक्तिहरु पनि उनीहरुको स्वागतमा परिषद् प्रांगरमा पुगेका थिए । यस्तैमा उनीहरु परिषद्को हातामा प्रवेश गरेपछि फुलमाला लगाउने, खादा ओडाउनेको भिड नै लाग्यो । त्यसपछि यो कार्यक्रम औपचारिकतामा परिणत भयो ।

नवनियुक्त उपाध्यक्षले स्टेजमा आएर आफ्नो भनाई राखे । उनले गुणात्मक रुपमा खेलकुदको विकाश गर्न आवश्यक रहेको औल्याए । उनले खेलकुदसँग जोडिएका सबै काममा सहकार्य गर्न तयार रहेको बताए भने सामुहिक नेतृत्वबाट आगामी यात्रा अघि बढाउन इच्छुक रहेको बताए ।
उनको मन्तब्यपछि पालो आयो सदस्य सचिव सिलवालको उनले खेलकुदमा यसअघि बाँकी रहेका कामहरुलाई पुरा गर्ने देखि खेलकुदमा सुशासन, पारदर्शिताको पक्षमा आफु उभिने बताए । उनले सबैका माझ आफु पैशा कमाउन नआएको र भ्रष्टाचार आफ्नोबाट कहिले पनि नहुने उदृत गरे ।

यहिविचमा उनले खेलसँघलाई योजनाबद्द तरिकाले अगाडी बढाउने, राम्रोसँगलाई प्रोत्साहन र काम नगर्ने संघलाई कारवाहि गर्न पछि नहट्ने बताए । साथै उनले त्यहि बेला एउटै प्रक्रितिका दुई संघ भएमा उनीहरुलाई एकजुट गराउने समेत बताए ।

सिलवालले यसो भनिरहदा स्टेमा रहेका उपाध्यक्ष कोइराला भने गहन रुपमा टाउको हल्लाइरहेका थिए । कोईराला तिनै ब्यक्ति हुन, जसले अस्तित्वमा रहेको नेपाल तेक्वान्दो संघलाई विवादमा ल्याउनका लागि राष्ट्रिय तेक्वान्दो संघ गठन गरेर अध्यक्ष बनेका थिए । त्यहि संघको आडमा उनले केहि बर्ष खेलकुदमा रहे ।

तत्कालिन माओवादी पार्टिको आडमा उनले राष्ट्रिय तेक्वान्दो संघ गठन गरेका थिए । दुई समान अस्त्विका संघ हुँदा विभिन्न प्रतियोगिताका बेला सहभागितामा ठुलो अन्योल र विवाद भएको थियो । यतिसम्म की एशियाली खेलकुदमा नेपालबाट तेक्वान्दोले सहभागिता जनाउँदा दुई संघको कोटाका आधारमा खेलाडीले भाग लिन जानुपरेको थियो ।

जसका कारण राम्रा भन्दापनि हाम्रा खेलाडीले धेरै मौका पाएका थिए । नेपाल तेक्वान्दो संघ अन्तराष्ट्रिय मान्यता भन्ने र राष्ट्रिय तेक्वान्दो संघ राष्ट्रिय मान्यता भएको भनेर केहि बर्ष विवाद नै रह्यो । अहिलेपनि दुबै संघहरु मिल्न सकेका छैनन । दुबै संघलाई मिलाउनका लागि बारम्बार पर्यत्नपनि भएको थियो । तर सफल भएन ।

अब तिनै ब्यक्ति उपाध्यक्षमा आएका छन, र उनकै अगाडी सदस्य सचिवले त्यसो भनिरहँदा आगामी दिनमा तेक्वान्दोमा रहेको संघको अन्योलता के साम्य होला या शक्तिका आडमा फेरी आफ्नो पावरको प्रयोग गर्ने हुन त्यो भने हेर्न बाँकी छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey