मन्त्रिपरिषद् बैठक भए आजै राखेपको सदस्य सचिव नियुक्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-०८
  • |
  • 549 पटक हेरिएको

सरकारले राष्ट्रिय खेलकुद परिषद् राखेपको १९ औं सदस्यसचिव नियुक्त गर्ने तयारी गरेको छ ।

त्यसका लागि सबै प्रक्रिया पुरा भएर मन्त्रिपरिषद्मा प्रस्तवा पनि पेश भइसकेको छ । आज मन्त्रिपरिषद्को बैठक बस्ने सके राखेपको सदस्यसचिव नियुक्त गर्ने एजेण्डा पनि रहेको जनाइएको छ । विहीबार नियमित मन्त्रिपरिषद् बस्ने दिन भएपनि अझैसम्म समय भने तय भइनसकेको युवा तथा खेलकुदमन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार नियमित मन्त्रिपरिषदकको वैठक विहीबार बस्ने दिन भएपनि अझै यस समय तय छैन । सम्भवतः वेलुका ४ देखि ६ बजेसम्म बैठक बस्न सक्छ । तर फिक्स छैन । बालुवाटार स्रोतले भन्यो ।

राखेपको सदस्य सचिवका लागि छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठ छन् । सिफारिस समितिले सदस्य सचिवका लागि सिलवाल, थापा र श्रेष्ठको नाम युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मालाई बुझाएको र विश्वकर्माले मन्त्रिपरिषद्मा दर्ता गरेको बुझिएको छ ।

मन्त्रालयले सदस्य सचिव नियुक्तिका लागि रामप्रसाद थपलिया संयोजक तथा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । समितिले सदस्य सचिवका लागि गत असार २६ गते सात दिने खुला दर्खास्त आह्वान गरेको थियो । उक्त अवधिमा सदस्य सचिवका लागि तीन महिलासहित २७ जनाले निवेदन दिएका थिए ।

सदस्य सचिवका लागि सिफारिस गरिएका सिलवाल यसअघिका सदस्य सचिव हुन् । यस्तै अर्का व्यक्ति थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् । सिफारिस गरिएकी श्रेष्ठ राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान हुन् ।

खेलकूद विकास ऐन २०७७ मा सदस्य सचिवका लागि मन्त्रालयले गठन गरेको समितिले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधानको व्यवस्था गरेको छ ।

यसअघि युवा तथा खेलकूदमन्त्रीले राखेप सदस्य सचिव सोझै नियुक्त गर्न मिल्ने ऐनमा व्यवस्था थियो । राखेप सदस्य सचिव बन्नका लागि नयाँ ऐनमा ३० वर्ष उमेर पूरा भएको, नेपाली नागरिक भएको, स्नातक तह उत्तीर्ण भएको, खेलकूदका क्षेत्रमा पाँच वर्ष काम गरेको तथा प्रचलित कानूनले अयोग्य ठहर नभएको व्यक्ति हुनुपर्ने प्रावधान छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey