‘फुटसल खुलाउनु पर्‍यो’

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०३-११
  • |
  • 381 पटक हेरिएको

नेपाल फुटसल ब्यवसायी संघले आफूहरुको व्यवसाय सञ्चालनको वातावरण मिलाईदिन आग्रह गरेका छन् । कोरोना भाइरसको महामारीका कारण आफूहरु आर्थिक संकटमा परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

राज महर्जन अध्यक्ष तथा मदन कोइराला महासचिव रहेको फुटसल ब्यवसायी संघले अहिलेकै अवस्था रहे कर्मचारीलाई पनि तलव खुवाउन नसकिने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

उनीहरुले लकडाउन खुकुलो भएकाले स्वास्थ्य मापदण्ड पुरा गरेर फुटसल सञ्चालन गर्ने पनि बताएका छन् । सरकारले अनुमति दिए फुटसल मैदानमा १० जना भन्दा बढीलाई प्रवेश गर्न पनि नदिइएने प्रतिबद्धता जनाइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey