माईजोगमाई अध्यक्ष कप : इलाम र सूर्योदय सेमिफाइनल प्रवेश

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२८
  • |
  • 466 पटक हेरिएको

 इलाम । इलाम नगरपालिका र सूर्योदय नगरपालिका दोश्रो माईजोगमाई अध्यक्षकप आमन्त्रण अन्तरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इलामले माङसेबुङ गाउँपालिकालाई ४–१ गोल अन्तर र सूर्योदय नगरपालिकाले माई नगरपालिकालाई ३–१ गोल अन्तरले हराएको हो ।

तेश्रो क्वाटरफाइनल खेलको दोश्रो हाफ सम्हालिन नसक्दा माङसेबुङले अन्तिम ४ मा स्थान सुरक्षित गर्न सकेन् । पहिलो हाफ १–१ गोल अन्तर बनेको खेलको दोश्रो हाफमा इलामले ३ गोल गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । खेलको म्यान अफ दि म्याच इलामका प्रिन्स शेर्पा घोषित भए ।

अन्तिम क्वाटरफाइनल खेलमा अग्रता जोगाउन नसक्दा माई नगरपालिका पराजित बनेको छ । पहिलो हाफमा १–० गोल अन्तर बनाएको माईले दोश्रो हाफमा ३ गोल व्यहो¥यो । खेलको म्यान अफ दि म्याच सूर्योदयका पाल्देन तामाङ घोषित भए ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा शनिबार इलाम नगरपालिका र माईजोगमाई गाउँपालिका भिड्नेछन् । इलामले सन्दकपुर गाउँपालिका र माङसेबुङ गाउँपालिकालाई हराउँदै अन्तिम ४ मा स्थान बनाएको हो । माईजोगमाईले रोङ गाउँपालिकालाई हराएको हो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey