पाकिस्तानलाई टी-२० श्रृखंला
- नेप्लेज
- |
- २०७४-१०-१५
- |
- 251 पटक हेरिएको
न्युजिल्याण्ड विरुद्धको तीन खेलको श्रृखंला पाकिस्तानले दुई एकले आफ्नो पक्षमा पारेको छ । गएराति भएको तेस्रो तथा अन्तिम टी–२० खेलमा पाकिस्तान १८ रनले विजयी भयो ।
न्युजिल्याण्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै एक सय ८१ रन बनायो । उसका लागि फाकर जामनले ४६ तथा सरफराज अहमदले २९ रन बनाए । यस्तै उमर अमिनले २१, ह्यारिस सोहेलले २० तथा अहमेद सहजादले १९ रनको योगदान गरे ।
जवाफमा घरेलु टिम न्युजिल्याण्ड २० ओभरमा ६ विकेट गुमाउदा १६१ रनमा रोकियो । उसका लागि मार्टिन गुप्टिलले ५९ तथा रोस टेलरले २५ र मिचेल सान्तानेरले २४ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन ।