लकडाउनका बेला दशरथ रंगशालाको रुप फेरिदैं

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०१-१७
  • |
  • 225 पटक हेरिएको

२०७२ सालको महाभूकम्प पछि क्षतिग्रस्त भएको त्रिपुरेश्वरस्थिन राष्ट्रिय खेलकुद परिषदको परिसमार रहेको एक मात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशालामा अहिले हरियाली छाएको छ । भूकम्प पछि १३ औं दक्षिण एशियाली खेलकुद सागमा यो मैदान पहिलो पटक प्रयोगमा आएको थियो । सागमा उद्घाटन र समापनका साथै एथ्लेटिक्स र फुटबलका खेल यही मैदानमा भएका थिए ।

त्यसपछि शहीद स्मारक ए डिभिजन लिग फुटबलका केही खेलहरु पनि आयोजना भए । पूर्णरुपमा तयार भइनसकेको रंगशालाको फिनिसिङको काम बाँकी नै रहेको थियो । अहिले रंगशाल फिनिसिङको चरणमा छ भने मैदान पनि राम्रो देखिएको छ । कोरोना भाइरसको महामारीका कारण मुलुक अहिले लकडाउनमा रहेकाबेला सामाजिक दूरी कायम गरेर मैदानको काम भने जारी राखिएको राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए । मैदानमा अहिले घाँस काट्ने काम भइरहेको छ । हेरौं यो भिडयो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey