के बन्द के लकडाउन, अभिनाशकाे मेहेनत जारी छ (भिडियाे)

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०१-१४
  • |
  • 313 पटक हेरिएको

अहिले कोरोना भाइरसको महामारीका कारण नेपाल पनि लकडाउनमा छ । गत चैत ११ गतेबाट शुरु भएको लकडाउन वैशाख महिनाभरि जाने सम्भावना छ । कोरोनाकै महामारीलाई लक्षित गरिएको लकडाउनकै कारण पनि अहिले नेपालमा भयावह अवस्था भने देखिएको छैन ।

लकडाउनका कारण अधिकांश खेलाडीहरु अहिले घरमै बसेका छन् । आफ्नो घरमा क्षमतालो भ्याए अनुसारका अभ्यास गरिरहेका भिडियोहरु पनि सार्वजनिक भएका छन् । केही दिन अघि हामी त्रिवि क्रिकेट मैदान कीर्तिपुरको अवस्था बुझ्न जाँदा त्यहाँ थिए क्रिकेटर अविनाश बोहोरा । अविनाशलाई सोध्दा थाहा भयो उनी लकडाउनका कारण घर जान पाएका रहिनछन् । र अहिले फुर्सदको समयमा लकडाउन भए पनि नियमितरुपमा त्रिवि क्रिकेट मैदान पुग्ने गरेका रहिछन् ।

नेप्लेजसँग कुरा गर्दै उनै अविनाशले भने ‘कुमारी पार्टीमा बस्ने भएकाले भित्र भिको बाटो भएर मैदान आउँछु, रुममा एक्लै अभ्यास गर्न नमिल्ने भएकाले विहान बेलुकाको समय मिलाएर नियमित आउने गरेको छु ।’ लकडाउनका कारण सबै घरभित्र बस्नु पर्ने बेलामा तपाई किन मैदान आउनु भएको भन्ने हाम्रो प्रश्नमा उनको जवाफ थियो, ‘मैले यहाँ पनि सुरक्षित भएर एक्लै अभ्यास गरेको छु, भीडभाडमा जाने गरेको छैन, सुरक्षाकर्मीलाई पनि यही भनेकाले बाटोमा भेटिदा आउनु दिनुभयो ।’

नेपाली क्रिकेट टिमका लागि डेथ ओभर स्पेसलिस्टको नाम पाएका अविनाश अहिले पनि दिनहुजसो बलिङ र ब्याटिङमा फोकश हुने गरेका छन् । बलिङका लागि इन्डोर हलमा आफै स्टम्प राख्छन् र त्यसैलाई टार्गेट गरेर बलिङ गर्ने गरेका छन् भने, ब्याटिङ गर्दा त्यही भएकासँग सहयोग लिने गरेका छन् ।

भारतको सिम्लामा जन्मिएका अविनाशका बाबु आमा अहिले पनि उतै हुनुहुन्छ । भारतमा जन्मिएको मान्छे उतै नबसेर किन यता आएको भन्ने प्रश्नमा उनको जवाफ थियो, क्रिकेट खेल्नकै लागि यता बसे । खासमा फोर्समा जागिर खाने मनले नेपाल आएको सुनाउँदै त्यतिबेला आफू छनोट हुन असफल भएको र नेपालगँजको एमपी स्कूलबाट क्रिकेट खेल्न शुरु गरेको बताए ।

यी र यस्तै उनीसँग गरिएका रमाईला कुराकानीबारे थाहा पाउँन आउनुहोस हेरौं यो भिडियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey