बार्सिलोनाको जितको यात्रा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१५
  • |
  • 182 पटक हेरिएको

माघ १५ । स्पेनिस ला लिगाको लिग लिडर बार्सिलोनाले जितको यात्रालाई कायमै राखेको छ । बार्सिलोनाले डिपोर्टिभो एलोभेसलाई दुई एक गोल अन्तरले हरायो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले डिपोर्टिभोको एक गोलको अग्रता उल्ट्याएको हो । ६२ हजार दर्शक माझ भएको खेलको २३ औ मिनेटमा नै जोन गुइडिटीले गोल गर्दै डिपोर्टिभोलाई अग्रता दिलाए ।

जुन अग्रता उसले पहिलो हाफसम्म जारी राखेको थियो । तर दोस्रो हाफमा बार्सिलोनाले उत्कृष्ट कमब्याक गर्दै दुई गोल गर्न सफल भयो ।

७२ औ मिनेटमा लुइस स्वारेजले आन्द्रे इनिस्टाको पासमा गोल गर्दै खेल बराबरीमा पुरयाए । त्यसपछि ८४ औ मिनेटमा लियोनल मेसीले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै टिमलाई जित दिलाए ।

जितसंगै बार्सिलोनाको २१ खेलबाट ५७ अंक भएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलबाट ४६ अंक छ । लिगको पुछारबाट चौथो स्थानमा रहेको डिपोर्टिभोको १९ अंक छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey